पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

maya metro hospital

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.