बैतडी – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको पुर्चौडी नगर कमिटी गठन गरिएको छ ।
अखिल नेपाल महिला संघ पुर्चौडी नगरको दोस्रो नगर सम्मेलनबाट कलावती विष्टको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।
आइतबार अखिल नेपाल महिला संघकी स्थायी कमिटी सरस्वती नेपालीको प्रमुख अतिथ्यतामा आयोजित सम्मेलनमा अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटी सदस्य जानकी ऐर बम, नेकपा एमाले जिल्ला कमिटी उप–सचिव पार्वती भट्ट लगायतको सहभागिता रहेको थियो ।