कैलाली- कैलाली जिल्ला समन्वय समिति प्रमुखका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीका चौधरी भुलको उम्मेदवारी दर्ता भएको छ । टीका वर्तमान सत्ता गठबन्धनबाट काँग्रेस र एमालेकी साझा उम्मेदवार हुन् ।
उनको उम्मेदवारीको प्रस्तावक कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन् । उनी कैलारी गाउँपालिका-२ की वडा सदस्य हुन् ।
कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ । समन्वय प्रमुखको उप–निर्वाचन मंसिर १६ गते हुँदैछ ।