अत्तरिया – मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि भोलि (आइतबार) मनोनयन पत्र दर्ता गरिदै छ । मनोनय दर्ताको लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकिएको छ । मनोनय दर्ताका लागि सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय तोकिएका छन । निर्वाचन आयोगका अनुसार मनोनय दर्ता पछिसाँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ । मङ्सिर ५ गते उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
मंङ्सिर ५ गते नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । सुदूरपश्चिममा कैलालीका जिल्ला समन्वय समिति प्रमुख, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । यस्तै बझाङको सुर्मा गाउँपालिका –४, डोटीको पूर्वीचौकी गाउँपालिका – ६, दार्चुलाको दुहुँ गाउँपालिका – ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
देशभर जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।