अत्तरिया- कैलालिको गोदावरी नगरपालिका- ३ मा रहेको मालाखेती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम का बीच संस्था को आठौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष देवराज भट्टको सभापतित्वमा आयोजित कार्यक्रम का प्रमुख अतिथी वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थी रहेका थिए । कार्यक्रममा संस्थाका एजेन्डा सचिव डिल्लीराज जोशिले प्रस्तुत गरेका थिए भने संस्था को बार्षिक आय व्यय विवरण कोशाध्यक्ष हरिशंकर जोशिले प्रस्तुत गरेका थिए । यस्तै संस्थाको लेखा प्रतिवेदन संस्थाका लेखा समिती संयोजक बालकृष्ण जोशिले गरेका थिए । संस्थाको वार्षिक कार्ययोजना भने ब्यवस्थापक लाल बहादुर खड्काले प्रस्तुत गरेका थिए ।
२०७३ साल कार्तिक १२ गते २८ जना ब्यक्तिको १ लाख ३५ हजार शेयरपुँजिबाट सुरु भएको संस्थामा हाल ६३१ जना शेयर सदस्य रहेका छन भने शेयरपुजि ३२ लाख ६१ हजार ५०० रहेको छ ।
संस्था ले १ करोड ७९ लाख ७० हजार ५५० रुपैया रिन लगानी गरेको छ भने १ करोड ९३ हजार ७५० बचत गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख २१ हजार ५६० रुपैया नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभामा संस्था ले विभिन्न बिधामा रहेर पुरस्कार पनि बितरण गरेको थियो ।