कञ्चनपुरमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनपुर – कञ्चनपुरमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

maya metro hospital

शुक्रबार मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले बोर्ड राखेर कार्यालय स्थापना भएको घोषणा गरेका थिए ।

वडा नम्बर ६मा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता छन । वडामा ६ वटा मतदान केन्द्र तोकिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.