नेपाल बैंक ८८औँ वर्षमा प्रवेश

काठमाडौँ- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो ।

maya metro hospital

आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ । नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

यो बैंकबाट अहिले ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.