धनगढी – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश हुने उपनिर्वाचनका पदको उम्मेदवार टुङ्गो लगाएको छ । मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने नेता जनक बुढाले जानकारी दिए ।
बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा राजुकुमारी विक रचनालाई उठाएको छ । सुर्मा गाउँपालिका–४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका–६(डोटी)मा देवीलाल थापालाई उठाएको छ ।
यसैगरी दुहुँ गाउँपालिका–५ (दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६ कञ्चनपुरमा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए ।