काठमाडौँ – अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ।

कारोबार भएकाक १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर रु सात अर्ब ८५ करोड ९७ लाख ४० हजार सात सय ९८ मूल्यमा खरिदबिक्री भएको छ।
















