काठमाडौँ – तिहारपछि तथा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा वृद्धि आउँदा गुराँस लघुवित्त, श्रीजनशील लघुवित्त, सुपरमाई हाइड्रोपावर, बलेफी हाइड्रोपावर नारायणी डेभलपमेन्ट बैंक, र सम्वृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


















