अछाम – अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन्। यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा रहेका छ्न ।

प्रहरीले ट्याक्टरका चालक ढकारी गाउँपालिका–१ का २९ वर्षीय लोकबहादुर बुढालाई नियन्त्रणमा लिएको छ।