
काठमाडौँ- सुनको मूल्य आज एक लाख ७० हजार नाघेको छ । आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर सुनको मूल्य तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर दुई हजार एक सय बिस रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


















