एलन मस्कद्वारा ट्रम्पको अभियानलाई १० अर्ब बढी सहयोग

एजेन्सी- विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन् ।

maya metro hospital

एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिएको बीबीसीले जनाएको छ । सरकारी जाँचका क्रममा यो तथ्य पत्ता लागेको हो । अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने रिपब्लिकन उम्मेदवारको प्रयासमा अर्बपति कसरी महत्त्वपूर्ण भएका छन् भन्ने कुरा देखाएको खबरमा उल्लेख छ ।

गएको जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि मस्कले उनलाई औपचारिक रूपमा आफ्नो समर्थन दिएका थिए । यद्दपि योभन्दा पहिले पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ । भर्खरै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीका क्रममा मस्क पनि सहभागी भएका थिए । यही ठाउँमा ट्रम्पमाथि आक्रमण भएको थियो ।

attariya hospital

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.