खाेज्नुहाेस

पाटन प्रिमियर लिग सुरु, मन्त्री भण्डारीले गरे उद्घाटन

Image

बैतडी – बैतडीमा पाटन प्रिमियर लिग सुरु भएको छ । पाटनमा चौथो संस्करणको पाटन प्रिमियर लिगसुरू भएको हो । लिगको वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले खेलको माध्यमबाट देश चिनिएको बताए । उनले भने, ‘खेलको माध्यमबाट नेपाल विश्वभरि चिनिएको छ । सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ । खेलमैदान बनाउन सरकार सक्रिय छ ।’

पाटन क्रिकेट क्लबको आयोजनामा पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १७ टोलीको सहभागिता छ ।

attariya hospital
navjiwan hospital

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी, म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग पिपिएल क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय बिडिपिआइ र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।