काठमाडौँ- सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ४० ले घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।