बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका एक जनालाई धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार सुर्नया गाउँपालिका४ का २० वर्षीय वसन्त कुँवरलाई धनगढी रेफर गरिएको हो ।

मंगलबार राति सवा ८ बजेतिर सुर्नया–६ खर्काधारमा धनगढीबाट सुर्नया–६ रीगातर्फ आउँदै गरेको म१ज १८६ नम्बरको जिप सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । जिप रोकेर चालक पसलमा सामान किन्न जाँदा एक्कासी जिप खसेको थियो ।

दुर्घटनामा वसन्तसहित सुर्नया–४ कै ३२ वर्षीय वीरसिंह महरा, २० वर्षीय नवीनसिंह महरा र २८ वर्षीय मानसिंह महरा घाइते भएका थिए । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जिप चालक सुर्नया७ पत्थरकोटका २२ वर्षीय प्रकाश कुँवरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

















