अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा रहेको कल्प पाठशालामा एक दिने निःशूल्क दन्त शिविर आयोजना गरिएको छ । अत्तरियामा रहेको न्यू समाज डेन्टल क्लिनिकको सहयोगमा कल्प पाठशालाले शिविरको आयोजना गरेको हो ।

शिविरमा ४५० जना भन्दा बढीले सेवा लिएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए । उनका अनुसार उक्त शिविरमा पाठशालाका कर्मचारी, विद्यार्थी र अभिभावकहरुलाई निःशुल्क रुपमा दन्त सेवा दिईएको थियो ।

शिविरमा दाँतको चेकजाँच गरिएको र जटिल प्रकृति बिरामीहरुलाई विशेष छुटमा अत्तरियामा रहेको उक्त डेन्टलमा पठाईएको उनले बताए । त्यसका साथै विद्यालय र डेन्टल बिच उपचारका विषयमा सम्झौता भएको पनि उनले बताए ।
उनले आगामी दिनमा उक्त विद्यालयका अभिभावकहरुले विद्यार्थीसहित दाँतको उपचारका लागि अत्तरियास्थित न्यू समाज डेन्टल क्लिनिकमा आए डाक्टर शुल्क र चेँकजाच निःशुल्क रुपमा हुने बताए । त्यसका साथै त्यो भन्दा जटिल उपचार पनि एकदमै सहुलियत दरमा गरिने र त्यसका लागि विद्यालयको सिफारिस आवश्यक हुने अध्यक्ष साउँदले बताए ।














