खाेज्नुहाेस

धनगढी एयरपोर्टको गेटमा बोर्ड टाँसेर सरकार र नेतालाई ५ बुँदे आग्रह

Image

अत्तरिया – सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्थलको गेटमा होर्डिङ बोर्ड टाँसेको छ । संघर्ष समितिले विभिन्न ५ बुँदे माग राख्दै एयरपोर्टको गेटको दुवैपट्टि होर्डिङ बोर्ड टाँसेको हो ।
होर्डिङ बोर्डमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक चालु संसद् अधिवेशनबाट पारित गर, ६ सय शय्याको अस्पतालका लागि बनेका संरचनामा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर, सुदूरपश्चिम प्रदेशमै मेडिकल पढाई कहिले पढ्न पाउने माग लेखिएका छन् ।

यस्तै तत्काल गेटामा मेडिकल पढाई हुने व्यवस्था गर, देशका ६ वटा प्रदेशमा २५ वटा भन्दा बढी मेडिकल कलेज, प्रतिष्ठान हुँदा सुपमा एउटा पनि नहुनुको दोष कसलाई दिने भनेर प्रश्न पनि गरिएको छ ।

attariya hospital
navjiwan hospital

संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले सुदूरपश्चिममा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि भइरहेको आन्दोलनका कार्यक्रम अन्तरत एयरपोर्टको गेटमा बोर्ड लगाइएको बताए । उनले सुदूरपश्चिमबाट प्रधानमन्त्री, मन्त्री भएकाहरुबाटै बेवास्ता गरिएको बताए ।

‘के सुदूरपश्चिमबाट कोही प्रधानमन्त्री भएको छैन ? के सुदूरपश्चिमबाट कोही मन्त्री भएको छैन ? यहाँबाट सांसद छैनन भनेर प्रश्न गर्नको लागि हामीले बोर्ड टासेका हौ’ उनले भने ‘हाम्रो एउटै भनाइ हो गेटामा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गरिनुपर्छ भन्ने हो । मेडिकल शिक्षा पढाई हुनुपर्छ । विश्वविद्यालयको विधेयक पारित हुनुर्पर्छ भन्ने हो ।’