नेशनल लघुवित्त वित्तीय संस्था अत्तरिया र सी.पी. अस्पतालबिच उपचारमा छुट सम्झौता

अत्तरिया – नेशनल लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय अत्तरिया र धनगढीमा रहेको सी.पी. अस्पताल बिच उपचारमा छुट सम्झौता भएको छ ।
सोमबार संस्थाका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र सी.पी. अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन ।

maya metro hospital

नेशनल लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय अत्तरियाका कर्मचारी एवम् ग्राहक सदस्यहरुलाई अस्पतालले विभिन्न ७ वटा शिर्षकहरुमा उपचारमा छुट दिने सम्झौता भएको अनुगमन अधिकृत कुशवाहाले जानकारी दिए ।

उनका अनुसार अस्पतालले ओ.पि.डी सेवा, औषधी, ल्याब टेस्ट, अपरेशन, इन्डोस्कोपी, बेड चार्ज, केबिन चार्ज लगायतका सेवाहरुमा छुट दिनेछ । उक्त सम्झौता अवधी एक वर्षको रहेको र सो अवधीमा कम्तीमा ८ प्रतिशत देखी २० प्रतिशत सम्म अस्पतालले छुट दिने कुशवाहाले बताए ।

attariya hospital

उनले उक्त सम्झौता मंगलबार देखी लागु भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.