अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ

अत्तरिया – अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । अछामको पञ्चदेवल बिनायक नगरपकलिका – ९ ओखरगैरा भरुवा बन्दुक सहित ६८ वर्षीय नन्दराम साउँद र ६७ वर्षीय चिन कार्की पक्राउ परेका हुन ।

maya metro hospital

शनिबार इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटिएको प्रहरी टोलीले खाँनतलासी गर्दा साउँदको घर नजिक बारीमा एक नाले भरुवा बन्दुक, सिसाको गोली १३ वटा र बारुद र कार्कीको सुत्ने कोठामा एक नाले भरुवा बन्दुक, सिसाको गोली ९ वटा र बारुद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.