खाेज्नुहाेस

आजदेखि टिकटक पूर्ण रुपमा चल्ने

Image

काठमाडौँ- बिहीबारदेखि टिकटक पूर्ण रुपमा चल्ने भएको छ। सरकारले भदौ ६ गते टिकटक खोल्ने निर्णय गरेपनि सरकार र टिकटक बिच सहमति हुन नसक्दा टिकटक चल्न सकेको छैन। स्रोतका अनुसार टिकटक र नेपाल सरकारबीच नराम्रा भिडियो फिल्टर गर्ने विषयमा सहमति हुन सकेको थिएन।

navjiwan hospital

टिकटकको सिंगापुरस्थित कार्यालयबाट आयुक्त अधिकारीसहित तीन जना प्रतिनिधि बुधबार नेपाल आएका थिए। उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेपछि सरकारले पूर्णरुपमा टिकटक खुलाउन लागेको हो।

attariya hospital

मन्त्रालय स्रोतका अनुसार अब केही समयमै टिकटक चल्न सुरु हुने छ । मन्त्रालयले टिकटक खुलाउनको लागि नेपाल दुर सञ्चार प्राधिकरणलाई चिठी लेख्दै छ। दुर सञ्चार प्राधिकरणमा मन्त्रालय मार्फत चिठी प्राप्त भएमा नेपाल टेलिकमले टिकटक खुलाउने छ।