अछामको सामुदायिक वनमा एक पुरुष मृत फेला

अछाम – अछामको एक समामुदायिक वनमा पुरुष मृत फेला परेका छन । आइतबार साँझ चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन ।

maya metro hospital

घर्तिमगर ३ दिनदेखि सम्पर्कविहीन थिए । उनी सम्पर्क विहिन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरी गराएका थिए ।

खोजतलास गर्ने क्रममा घर्तिमगरको शव वनको भिरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.