अत्तरिया – कैलालीको अत्तरियामा आराम फिजियोथेरापी सञ्चालनमा आएको छ । स्थानिय युवकद्धय गिरिजा प्रसाद चौबे र सन्तोष पालीले उक्त फिजियोथेरापी सञ्चालनमा ल्याएका हुन ।


नयाँ प्रविधिहरुसहित फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक गिरिजा प्रसाद चौबेले जानकारी दिए । उनले सुदूरपश्चिमकै आधुनिक र सेवासुविधा सहितको थेरापी सेन्टर अत्तरियामा सुरु गरिएको बताए । उनले बिरामीहरुलाई आवश्यकता अनुसारको सेवा सहज रुपमा दिने आफुहरुको उद्देश्य रहेको बताए ।

उनले हाडको दुखाई, घाँटीको दुखाई, नसा दबेको/च्यापिएको, मुख बांगिएको, पक्षघात, बाथको समस्या लगायतका विभिन्न समस्याहरको उपचार गरिने पनि बताए ।

शनिबार उद्घाटन गरिएको उक्त थेरापी सेन्टरमा आधुनिक प्रविधिहरुको प्रयोग गरेर दक्ष थेरापिस्टहरुबाट उपचार गरिने सञ्चालक चौबेले बताए । उनका अनुसार थेरापी सेन्टर सञ्चालनका लागि १० लाख भन्दा बढी लगानी लागेको छ ।