खाेज्नुहाेस

साँफे–मार्तडी सडक अवरुद्ध

Image
file photo

अछाम – अछाम स्थित साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

navjiwan hospital

पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

attariya hospital

उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ ।