खाेज्नुहाेस

अत्तरिया हस्पिटलमा लेजर प्रविधिबाट मिर्गौला पत्थरीको उपचार गरिने

Image

अत्तरिया  –  कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा लेजर प्रविधि TFL (Thulium Fiber Laser) बाट मिर्गौलाको पत्थरीको उपचार (RIRS) गरिने भएको छ ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अत्तरिया हस्पिटलले लेजर प्रविधिबाट मिर्गौला पत्थरीको उपचार सुरु गरेको हो ।

attariya hospital

अस्पतालका सञ्चालक डा. आनन्द पाठकले लेजर प्रविधिबाट उपचार गर्दा कुनै घाउ चिरा बिना नै उपचार गरिने, रगत नबग्ने, पीडा रहित प्रक्रियाबाट मिर्गौलालाई कुनै हानी नहुने, सबैभन्दा छिटो रिकभर हुने बताए ।

अत्तरिया हस्पिटलमा लेजर प्रविधि सञ्चालनमा आए सँगै १ महिनाका लागि विशेष छुटको साथमा PCNL कै शु;ल्कमा मिर्गौलाको पत्थरीको उपचार गराइने उनले बताए ।