दार्चुलाको उकु स्वास्थ्य चौकीमा अनलाइनबाटै स्वास्थ्य सेवा

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको उकु स्वास्थ्य चौकीमा अनलाइनबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सुरु गरिएको छ । गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोबल संस्थासँग सहकार्य गरेर अनलाइन विशेषज्ञ सेवा सुरु गरेको हो ।

maya metro hospital

बिरामीले अनलाइनमार्फत विशेषज्ञ डाक्टरसँग प्रत्यक्ष कुरा गरेर परामर्श लिने र ओपीडी, इमर्जेन्सी सेवा प्रदान गर्ने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिह खत्रीले बताए ।

पालिकाले स्मार्ट हेल्थ ग्लोबलसँग वार्षिक ३ लाख रुपैयाँ दिनेगरी सम्झौता गरेको छ । विशेष गरेर सिकिस्त बिरामी, बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलालाई विशेषज्ञ डाक्टरसँग अनलाइनमार्फत जोड्ने तयारी भएको छ ।

attariya hospital

यहाँका स्थानीयले यसअघि उपचारका लागि जिल्ला अस्पताल, शंकरपुर स्वास्थ्य चौकी हुँदै भारतको पिथौरागढ जानुपर्ने बाध्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.