बैतडीका पूर्व हवल्दार विष्टको निधन

belauri nagarpalika

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-५ धुलिधार घर भएका नेपाल प्रहरीका पूर्व हवल्दार रघुवीर विष्टको निधन भएको छ । ४६ वर्षीय विष्टको मंगलबार घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Karma Consultancy

नेपाल प्रहरीका अवकाशप्राप्त हवल्दार विष्ट लामो समयदेखि बिरामी थिए । उनको मंगलबार नै चनैराज आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । विष्टका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.