बझाङ- बझाङमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई बुंगल नगरपालिकाले राहतस्वरुप चार लाख रुपैयाँ दिने भएको छ । बुंगलका नगरप्रमुख जयबहादुर धामीले सोमबार शोक वक्तव्य जारी गर्दै मृतकका परिवारलाई राहतस्वरूप रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
बझाङको बुङ्गल नगरपालिका-१० का वीरबहादुर धामीको घर माथिबाट आइतबार राति पहिरो खस्दा उनकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो । नगरपालिकाले मृतकका परिवारलाई तत्काल उद्धार गरी राहतस्वरुप १० हजार नगदसहित राहत सामाग्री र दाहसंस्कार गर्न दाउराको व्यवस्था समेत गरेको शोक वक्तव्यमा उल्लेख छ ।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारले पनि मृतकका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।