बझाङ – बझाङमा घरमाथी पहिरो खस्दा बेपत्ता भएक ४ जनाको शव फेला परेको छ । बुङ्गल नगरपालिका – १० टुमेडामा घर माथी पहिरो खस्दा बेपत्ता भएक एकै परिवारका ४ जनाको शव फेला परेको हो ।

मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए।

पहिरोमा पुरिएर ६ जना घाइते भएका छन । घाइते हुनेमा बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शानती धामी रहेका छन् । घाइतेको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षा सँगै राती करिब २ बजे घरमाथी पहिरो खसेको स्थानीयले बताएका छन ।
















