बझाङ – बझाङमा घरमाथी पहिरो खस्दा एकै परिवारका ४ जना बेपत्ता भएका छन । बुङ्गल नगरपालिका – १० टुमेडामा घर माथी पहिरो खस्दा एकै परिवारका ४ जना बेपत्ता भएका हुन ।

घरमाथी पहिरो खस्दा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

पहिरोमा पुरिएर ६ जना घाइते भएका छन । घाइते हुनेमा बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी, शानती धामी रहेका छन् । घाइतेको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षा सँगै राती करिब २ बजे घरमाथी पहिरो खसेको स्थानीयले बताएका छन ।
















