खाेज्नुहाेस

बैतडीको पाटनमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

Image

बैतडी- बैतडीको पाटन नगरपालिकामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी छ ।

स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि सञ्चालन गरेको लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले निरन्तरता दिइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

attariya hospital
navjiwan hospital

लामुखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले यसको नियन्त्रणका लागि लामखुट्टेको लार्भा हुन सक्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान जारी रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए ।

वडा नम्बर ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीले र वडा नम्बर ९ स्थित टकरे आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा क्षेत्रभित्र लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको जनाएको छ ।

पाटनमा यो महिनामात्रै अहिलेसम्म ९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने एक जनामा मलेरिया र ५६ जनामा स्क्रब टाइफस पुष्टि भएको जनाइएको छ ।