अत्तरिया- बझाङमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । जयपृथ्वी नगरपालिका–३ की ४० वर्षीया कृष्णमती खड्का सर्पको टोकाइबाट घाइते भएकी हुन् ।
उनलाई बुधबार खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेको प्रहरीले बताएको छ । खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।