खाेज्नुहाेस

अछाममा एक फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया- अछाममा एक फरार प्रतिवादी पक्राउ परेका छन् । हिजो साँफेबगर नगरपालिका-१० घुघुरकोट बस्ने ५१ वर्षका रनबहादुर मिजार पक्राउ परेका हुन् ।

navjiwan hospital

प्रहरीका अनुुसार उनी अछाम जिल्ला अदालतबाट (नकबजनी चोरी) कसुर मुद्दामा २०८० भदौ २९ गते ३० हजार रुपैयाँ जरिबाना तोकिई फरार रहेका थिए ।

attariya hospital

मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको टोलीले पक्राउ गरेको र सो सम्बन्धमा थप कारबाही भइरहेको बताएको छ ।