खाेज्नुहाेस

बाजुरामा युवा क्लबले ग-यो खानेपानीको मुहान सरसफाइ

Image

बाजुरा – बाजुरामा खानेपानीको मुहान सरसफाई गरिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका– ५ मा रहेको युनिक स्पोट्र्स युवा क्लबले खानेपानीको मुहान सरसफाई गरेको हो ।

navjiwan hospital

स्वच्छ खानेपानीको पहुँच सबै जनतामा पु-याउन गाउँलेहरूको सहयोगमा सरसफाइ गरिएको क्लबका सल्लाहकार रतन विकले जानकारी दिए । वर्षात्को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा नमिसियोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरिएको उनले बताए ।

attariya hospital

लामो समयदेखि बिहारडाँडाँ, लुहार बाडा, दाडिमबाडी र टालिखेतका जनता दूषित पानी पिउन बाध्य बनेका थिए । विभिन्न ठाउँबाट बग्दै आएको पानीलाई एक ठाउँमा जम्मा गरी खाने पानीमा मिसाइएकाले समस्या भएको क्लबका अध्यक्ष नवीन सार्कीले बताए ।