खाेज्नुहाेस

कैलालीमा किशोरीहरूका लागि उद्यमशीलता सोच विकास तालिम आयोजना

Image

अत्तरिया – कैलालीमा किशोरीहरूका लागि उद्यमशीलता सोच विकास तालिम आयोजना गरिएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे र मोहन्याल गाउँपालिकाका किशोरीहरूलाई समेटेर अत्तरियामा ३ दिने तालिम आयोजना गरिएको हो ।

सुदूरपश्चिम बालविवाह निवारण परियोजना अन्तरगत युनिसेफ नेपालको आर्थिक सहयोगमा निड्स नेपालले आयोजना गरेको तालिममा २० जना किशोरीहरूको सहभागिता रहेको छ ।

attariya hospital

सुदूरपश्चिम बालविवाह निवारण परियोजनाका कार्यक्रम संयोजक टेक विकले विद्यालय बाहिर रहेका किशोरीहरूलाई उद्यमी बनाउने कार्यक्रम अन्तरगत तालिमको आयोजना गरिएको बताए । ‘यो तालिमको मुख्य उद्देश्य नै विद्यालय छोडेर घरमा बसेर बालविवाहको जोखिममा रहेका किशोरीहरूको जीवन सहज बनाउनको लागि उद्यमशीलता सीप सोच विकास सम्बन्धी तालिम दिएका हौ’ उनले भने ‘तालिममा सहभागी किशोरीहरूलाई उद्यमशीलताको सोच कसरी विकास गर्ने र हुन सक्ने जोखिमबाट आर्थिक रूपमा कसरी सशक्तीकरण गर्ने भन्ने विषयमा जानकारी दिइन्छ ।’

navjiwan hospital

उनले उद्यमशीलता सोच विकास तालिम पश्चात् किशोरीहरूलाई सीप विकास तालिम दिएर बिउ पूँजीको रूपमा आर्थिक सहयोग गरिने बताए ।

उनले तालिममा सहभागीलाई सुदूरपश्चिम बालविवाह निवारण परियोजना अन्तरगत रूपान्तरण कक्षामा सहभागी मध्ये छनोट गरिएको बताए ।

निड्सले कैलालीका तिन पालिकाका १८ वडामा रूपान्तरण कक्षा सञ्चालन गर्दै आएको छ । उद्यमशीलता सोच विकास तालिम कैलाली सँगै अछाम र बझाङमा पनि शनिवार देखि सुरु गरेको जनाएको छ ।