खाेज्नुहाेस

अछाममा १५५ लिटर अवैध घरेलु मदिरा नष्ट

Image
navjiwan hospital

अत्तरिया- अछाममा १५५ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-३ र वडा नम्बर २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

बिहीबार ५० लिटर र शुक्रबार १०५ लिटर अवैध घरेलु मदिरा इलाका प्रहरी कार्यलय पञ्चदेवल विनायकबाट खटिगएको टोलिले नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, भद्रभलादमीहरुको रोहबरमा नष्ट गरिएको बताएको छ ।

add everest academy
attariya hospital