
अत्तरिया- कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-८ बस्ने ३२ वर्षीय झंकर बहादुर शाह पक्राउ परेका हुन् ।
चेक अनादर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले मंगलबार उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ । उनलाई जिल्ला अदालत कैलालीमा बुझाउने पहल भइरहेको प्रहरीले बताएको छ ।


















