खाेज्नुहाेस

अवरुद्ध जयपृथ्वी राजमार्ग ८ घण्टा पछि सुचारु

Image

शिवजी मण्डेल, बझाङ – बझाङमा आज बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग ८ घण्टापछि सुचारु भएको छ । बित्थडचिर गाउँपालिका–४ बल्लेखोलामा बिहान ६ बजेको समयमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग दिउँसो २ बजे सुचारु भएको हो ।

बित्थडचिर गाउँपालिका र सडक विभागको एक्स्काभेटर सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको देउलेख प्रहरी बेसले जनाएको छ ।

attariya hospital
navjiwan hospital

सडक अवरुद्ध भएपछि बाहिरी जिल्लाबाट भित्रिने र जिल्लाबाट बाहिरी जाने सवारीसाधन रोकिएका थिए । सडक सुचारु भएपछि रोकिएका सवारीसाधन आआफ्नो गन्तव्य तर्फ लागेका प्रहरीले जनाएको छ ।

सडक सुचारु भए पनि जोखिम भने कायमै रहेको छ । पहिरो खसेको ठाउँमा माथिबाट फेरि पहिरो जाने सम्भावना बढी भएकोले जोखिम रहेको हो । प्रहरीले यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएको छ ।