अत्तरिया – बझाङको बित्थडचिर गाउँपालिका–४ बल्लेखोलामा पहिरो खस्दा अवरुद्ध जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन । पहिरोले मंगलबार बिहानै देखि अवरुद्ध राजमार्ग दिउँसो १२ः५० सम्म सूचना हुन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


अहिले पहिरो खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ । पहिरो खुलाउन सडक विभागको जेसिवी प्रयोग गरिएको छ ।
पहिरो खुलाउन अझै १ घण्टा जति समय लाग्ने प्रहरीले जनाएको छ । अचानक सडक माथि पहिरो खस्दा जिल्लाबाट बाहिरिने यात्रु अलपत्र परेका छन् ।

















