कैलाली- बझाङबाट काठमाडौं जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।
शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको हो । तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खस्यो ।
पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगएको थियो ।