भाइरल बझाङको प्लाष्टर घटना : डाक्टर भन्छन ‘मानविय त्रुटि’

बझाङ – बझाङ जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले भाँचिएको हातमा नभएर अर्कै हातमा प्लाष्टर गरिदिएको घटना भाईरल भईरहेको छ । प्लाष्टर गर्ने कोठामा लगेर नभाचिएको हातमा प्लाष्टर गरिपछि घटना भाईरल भएको हो ।

Karma Consultancy
belauri nagarpalika

बझाङको दुर्गाथली गाउपालिका –७ का ७ वर्षिय सुनील दौल्यालको आइतबार साँझ घरको ढोकानजिकै खेल्नेक्रममा हात भाचिएको थियो । उनलाई दाई, आदेश दौल्यालले सोमबार दिउँसो तीन बजेतिर जिल्ला अस्पताल पुगाएका थिए ।

citizen security services

एक्सरे गरेपछि बाँया हातको कुहीना नजिक भाच्चिएको देखिएपछि चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना गरेका थिए । वार्डबाट नर्सहरूले अर्को कोठामा लगेर गलत हातमा पलास्टर गरेका थिए ।
त्यसपछि आदेशले गलत हातमा पलास्टर लगाएको भिडियो बनाएपछि घटना बाहिरिएको थियो ।

attariya hospital

जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए । जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले हाडजोर्नी विषेशज्ञ डा। खड्कासहितको टोलीबाट कमजोरी भएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.