अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको सडकमै मृत्यु

अत्तरिया- अछाममा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका-३ की ३६ वर्षीया बसन्ती बोगटीको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

Karma Consultancy
belauri nagarpalika

आज दिउँसो मंगलसेन-३ गाध्यभीर स्थित मंगलसेन-सुवाखांद बस्ति सडक खण्डमा जंगलबाट बाख्रा चराई घरतर्फ ल्याउने क्रममा सडक माथिको भिरबाट खसेको ढुंगा टाउकोमा लागि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

citizen security services

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.