धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश र जिल्ला कार्यालय कैलालीमा लगाएको ताला खोलिएको छ । शनिबार नेपाल प्रेस युनियन कैलालीले सो ताला खोलेको हो । युनियनले बिगत एक महिना देखि केन्द्रिय कार्यक्रम अनुसार तालाबन्दी गरेको थियो ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारको सदस्यता खारेज गर्नु पर्ने, पत्रकार महासंघ, शाखा र प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्य कायम गर्नु पर्ने माग गर्दै तालाबन्दी गरिएको प्रेस युनियन कैलालीका उपाध्यक्ष शंकर बोहराले बताए ।

युनियनले राखेका मागका बिषयमा केन्द्रमा सहमति भएपछि तालाबन्दी खोलिएको उनले बताए ।
