खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिएर सघाउन सुझाव

Image

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनमा सघाउन नयाँ सरकार गठनको प्रक्रियामा सहजिकरण गर्न सुझाव दिइएको छ । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन ।

navjiwan hospital

‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन । उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन । अल्मतमको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादर शाहले भने ।

attariya hospital

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।