अत्तरिया- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।

देशभर साधारणतया बदली देखि पूर्णतया बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती,र गण्डकीका केही स्थानमा, लुम्बिनीको थोरै स्थान साथै सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।














