
काठमाडौँ- आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
हिजो सुनको मूल्य तोलाको एक लाख ४१ हजार ६ सय रुपैयाँ थियो । आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















