खाेज्नुहाेस

कैलालीमा लागुऔषधसहित डडेल्धुराका २ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया- कैलालीमा लागुऔषधसहित डडेल्धुराका २ जना पक्राउ परेका छन् । हिजो कैलालीको चुरे गाउँपालिका-६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका-२ कुस्माली बस्ने २१ वर्षका ललित ऐर र १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललितको साथबाट १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई उनीहरु सवार एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

attariya hospital