खाेज्नुहाेस

कैलालीका ४१ हजार बढी बालबालिकाले लाए ‘आइपिभी’ खोप

Image

कैलाली- कैलालीका ४१ हजार बढी बालबालिकालाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइएको छ । जिल्लामा यही जेठ १३ देखि २६ गतेसम्म अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

navjiwan hospital

सो अन्तर्गत ४१ हजार १०९ बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय कैलालीका खोप निरीक्षक प्रदीप जोशीका अनुसार मोहन्याल गाउँपालिकामा एक हजार ४५१, चुरे गाउँपालिकामा एक हजार १२२, गोदावरी नगरपालिकामा तीन हजार ५३४, गौरीगंगा नगरपालिकामा तीन हजार ७४४ र घोडाघोडी नगरपालिकामा चार हजार ७२२ बालबालिकालाई खोप लगाइएको छ ।

attariya hospital

त्यसैगरी बर्दगोरिया गाउँपालिकामा दुई हजार ३८१, लम्कीचुहा नगरपालिकामा चार हजार १५, जानकी गाउँपालिकामा दुई हजार ४०८, जोशीपुर गाउँपालिकामा एक हजार ३४३ र टीकापुर नगरपालिकामा तीन हजार ८२३ जनालाई खोप लगाइएको छ । भजनी नगरपालिकामा एक हजार ८६६, कैलारी गाउँपालिकामा एक हजार ६२० र धनगढी उपमहानगरपालिकामा आठ हजार ६८४ बालबालिकालाई खोप लगाइएको छ ।

खोप निरीक्षक जोशीले लक्ष्यको ९० प्रतिशत बालबालिकालाई ‘आइपिभी’ खोप लगाइएको बताउँदै विद्यालयहरुमा गर्मी बिदाका कारण खोप रोकिएका धनगढी उपमहानगरपालिका, गोदावरी र टीकापुर नगरपालिकामा यही जेठ २७ गतेबाट पुनः खोप कार्यक्रम सुरु भएको बताए ।