खाेज्नुहाेस

दार्चुलाका ६ हजार बढी बालबालिकाले लाए आईपीभी खोप

Image

दार्चुला- दार्चुलाका ६ हजार बढी बालबालिकाले पोलियो रोग विरुद्धको आईपीभी खोप लगाएका छन् । यही जेठ १३ देखि १९ गतेसम्म सञ्चालित खोप अभियानमा ६ हजार २० जना बालबालिकाले सो खोप लगाएका हुन् ।

navjiwan hospital

जिल्लाको महाकाली नगरपालिकाका १ हजार ३३६ र शैल्यशिखर नगरपालिकाका ९४९ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले बताए ।

attariya hospital

उनका अनुसार अपिहिमाल गाउँपालिकाका २६१ जना, दुहुँका ३९८, नौगाडका ७८९ , व्याँसका ३३९ , मार्माका ८६०, मालिकार्जुनका ५३२ र लेकमका ५४२ जना बालबालिकालाई खोप लगाइएको छ । खोप अभियान अन्तर्गत जिल्लाभर ७१२ जना स्वयंसेवक परिचालन गरिएको थियो ।