
अत्तरिया- डडेल्धुरामा अवैध सामान फेला परेको छ । बिहीबार राति प्रहरीले अन्दाजी ५७ हजार ४५४ रुपैयाँको अवैध सामान फेला पारेको हो ।
जिल्लाको पर्शुराम नगरपालिका-५ परिगाउँस्थित पर्शुरामधाम सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका उक्त मूल्यका चिनी, बिडी, पेय पदार्थ, चप्पल लगायतका सामान प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।



















